४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:59 pm
Banner

मकवानपुरमा माइक्रोबस दुर्घटना, २ जनाको मृत्यु, १४ घाइते

सूचना प्रेस २०८२ बैशाख ५ शुक्रबार ००:००, ०८:२४ बजे १ मिनेट पढाइ

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका २, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति बिद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१ ००६ ख ७०७२ नम्बरको गाडी राति करिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

१३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।