४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:51 am
समाज

पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ

सूचना प्रेस २०८२ बैशाख ५ शुक्रबार ००:००, १२:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।

उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।