४ मंसिर २०८३, शुक्रबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:05 am
समाचार

बारामा कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु

सूचना प्रेस २०८२ बैशाख ५ शुक्रबार ००:००, १६:३६ बजे १ मिनेट पढाइ

बारा । बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । निजगढ –कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हाे ।

बाराकाे १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।

पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरीले बताएकाे छ ।