५ वैशाख, काठमाडौँ । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी हुनुभएको छ । शुक्रबार भएको समूहको नवौँ महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा पन्थी निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक शिव गाउँलेका अनुसार कमला पन्थीले १४९ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत प्राप्त गर्नुभयो । त्यस्तै महाचसिवमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभयो । यसैगरी सचिवमा उर्बसी बस्न्यात १०७ मतसहित विजयी हुँदा नुनुता राइले १०३ मत प्राप्त गर्नुभयो ।

यस्तै कोषाध्यक्षमा साजना तामाङले १२० मतसहित विजय प्राप्त गर्दा मन्जिमा ढकालले १०५ प्राप्त गर्नुभयो । यस्तै सदस्यहरूमा कल्पना शर्मा १८२, कालिका शिवाकोटी १४४, तारा चपागाइ १११, दीपा रेग्मी ११६, देवी सापकोटा ११०, विष्णु पन्थी १३७ र सम्झना बन ११५ मतसहित विजयी हुनुभयो ।