४ आश्विन २०८१, शुक्रबार 1726881182
Banner

सागकी स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला

काठमाडौँ- १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी  छिन् । 

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो । 

चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । 

उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।