काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो । उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जानकारी दिएको छ ।
अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी र मिश्र उच्च रक्तचापको बिरामी भएकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिए तीन दिन अगाडि नै हाजिर जमानमा छुट्न सक्ने आदेश पनि भएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो । सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ रिहा भएका छन् ।


