२८ भदौ २०८३, आइतबार 1789323802
Banner

लोकतन्त्र दिवसको अवसरमा एमालेले आज ‘यूथ सेलिब्रेशन’ गर्दै

काठमाडौं । १९ औं लोकतन्त्र दिवसको अवसरमा एमालेले आज ‘यूथ सेलिब्रेशन’ गर्दै छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउन लागेको हो।

सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ। कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताए। कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए।

कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ। बाँकी सबै वक्ताहरू युवा हुने छन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।