२७ जेष्ठ २०८३, बुधबार 1781104464
प्रदेश

भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन

जनकपुर, ११ वैशाख । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।

विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले ‘आतंककारी मुस्लिम भगाउ देश बचाउ’, ‘जेहादी आतंकवादी मुर्दावाद’, ‘इस्लामिक जेहादी मुर्दावाद’लगायतका नारा लगाएका छन् । र्‍याली पश्चात उनीहरुले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् । उनीहरुले हिन्दूहरुलाई एक जुट हुन आग्रह गरेका छन् ।

कश्मीरमा भएको घटनाले आतंकवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकवाद बन्द गर्नुपर्ने माग राखेका छन् ।