काठमाडौं । भु–उपग्रह (Satellite) माध्यम प्रयोग गरी नेपालको कृषिक्षेत्रको पहिचान गरीने भएको छ । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभामा उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल मैदा उद्योग संघ र भारतको Agriwatch कम्पनी बीच कृषि क्षेत्रमा सुचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । भु–उपग्रह (Satellite) माध्यम प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको हो।

सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु
क. कृषि बजार सूचना र विश्लेषण : नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ।
ख. कृषि वस्तु अनुसन्धान र परामर्श : कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्।
ग. कृषि निवेश अध्ययन र सल्लाह : बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।
घ. डिजिटल कृषि समाधानहरू : डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।
कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ।
कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (National Cooperative Expert Limited –NCEL) का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रह्यो । भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगाएत कृषिसंग सम्बन्धित बिषयमा NCEL लाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुंदा भारतको औद्योगिक बस्तु निर्यातमा NCEL को ठुलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुं लगाएत विगतमा चिनी लगाएतका खाद्यान्न नेपाल आयात गर्दा NCEL मार्फतनै आयात गरीएको थियो । NCEL र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको अनुरोधमा नेपालमा आमन्त्रण गरीएको हो ।


