१३ श्रावण २०८३, बुधबार 1785367257
Banner

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं स् नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए।

यसैगरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ।