१ जेष्ठ २०८३, शुक्रबार 1778907727
Banner

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता हुँर्दै

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आज विहान वार्ताका लागि बोलाएको छ ।

मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई विहान ७:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवम् अन्य पदाधिकारीहरू उपस्थित भईदिनु हुन आग्रह गरेको हो । नवनियुक्त शिक्षा मन्त्री रघुजीपन्त उपस्थितिमै मन्त्रालयमा वार्ता हुने मन्त्रालयले जनाएको छ ।

‘वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आव्हान भएबमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवस आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको जनाकारी गराउँदै यस सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतबाट मिति २०८२।१।१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२।१।१३ गते विहान ७ ः ३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवम् अन्य पदाधिकारीहरू उपस्थित भईदिनु हुन मन्त्रालय हार्दिक आव्हान गर्दछ” । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।