काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा भेट गरेका छन् ।

जम्मु काश्मीरको पहलगाममा भएका आतकंकारी हमलापछि बुधबार राजदूत शर्माले भारतीय विदेशमन्त्रीलाई भेटेका हुन् । सो क्रममा मन्त्री जयशंकरले आतकंकारी हमलामा एक जना नेपालीको मृत्यु भएकोमा समवेदना प्रकट गरे । यसैगरी शर्माले पनि आतंककारी घटनाको विरोध गर्दै मृतकप्रति समवेदना प्रकट गरेको बताइएको छ । भेटबारे जयशंकरले नै एक्समा उल्लेख गरेका छन् ।
उनीहरूको बिचमा नेपाल–भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समीक्षा भएको जनाइएको छ । वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर समवेदना प्रकट गरेका थिए ।


