४ भदौ २०८३, बिहिबार 1787280518
Banner

पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको आग्रह

गण्डकी, १५ वैशाख : पोखरा महानगरपालिकाले यही वैशाख १७ गतेसम्म महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशन गरी विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएकाले नगर शिक्षा समितिको निर्णयअनुसार १७ गतेसम्ममा विद्यालयहरूमा पठनपाठन गराउन सम्बद्ध सबैमा आग्रह गरेको हो । महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार यही वैशाख ८ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्नुपर्ने भए पनि यस अघि सूचना प्रकाशित गरी वैशाख ११ गतेबाट पठन पाठन सञ्चालन गर्ने सूचना जारी गरिएकामा आज दोेस्रो सूचना जारी गरिएको हो ।