३ जेष्ठ २०८३, आइतबार 1779012772
Banner

पूर्व राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

काठमाडौं : पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका तत्काली उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि लागेको २० करोड प्रकरणको आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

तामाङमाथि प्रधानमन्त्री ओलीनिकट मानिने महेश बस्नेतले सार्वजनिक रुपमै आरोप लगाएकाले छानविन आवश्यक रहेको उनले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

‘प्र.म.ओलीनिकट एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमाआरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबीन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’ प्रश्न गर्दै उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीनिकट मानिने नेता बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई लिएर तत्कालीन उर्जा राज्यमन्त्री तामाङले आफ्नै पार्टीका नेतासँग २० करोडको डील गरेको आरोप लगाएका थिए ।