३ भदौ २०८३, बुधबार 1787197067
अर्थ

माछापुच्छ्रे बैंक र सीबीएलबीच सम्झौता, मलेसियाका नेपालीले सहजै रकम पठाउन सक्ने

काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ।

बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यो सम्झौता गरेको जनाएको छ। सीबीएल मनी ट्रान्सफरसँग सहकार्य गरी सोमबारदेखि विधिवत् रुपमा रेमिट्यान्स सेवा सुरु भएको हो।

रेमिट्यान्ससम्बन्धी सो सम्झौतापत्रमा सीबीएलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि त्यहाँ रहेका नेपालीहरुले सीबीएलका १५ शाखा र सीबीएलकै सिटी रेमिट एपबाट एमबीएल रेमिट  गरी नेपाल पठाएको रकम सजिलैसँग बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजार बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभर सजिलै भुक्तानी लिन सकिनेछ।