काठमाडौं । क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ ।
३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित रहेको छ ।

गत मार्च महिनामा प्रधानमन्त्री जस्टीन ट्रुडो र उहाँको दल लिबरल पार्टीको लोकप्रियता खस्किएपछि ट्रुडोले राजीनामा दिनुभएको थियो ।
निर्वाचनको परिणाम सार्वजनिक भएपछी बोल्दै प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैपनि हालतमा क्यानडालाई विभाजित गरी टुक्रयाउने काम सफल नहुने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेपछि क्यानडालाई ५१ औँ राज्य बनाउने बताउँदै आइरहेका समयमा भएको निर्वाचनमा लिबरल पार्टी विजयी भएको हो ।


