२७ जेष्ठ २०८३, बुधबार 1781095302
समाज

सेती नदीमा हामफालेका युवकको सकुशल उद्दार

काठमाडौं : सेती नदीको पुलबाट हामफालेका युवकको सकुशल उद्दार भएको छ। शुक्रबार बेलुकी कास्कीको पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइना पुलबाट सेती नदीमा हामफालेको अन्दाजी २०/२१ वर्षका युवको सशस्त्र प्रहरीले उद्दार गरेको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बेलुकी युवक पुलबाट हामफालेकै भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणबाट विपद् व्यवस्थापन टोली खटिएको थियो। टोलीले राति ९:३५ बजे करिब ४५ मिनेटको प्रयासमा उद्दार गरेको उनले बताए। अन्दाजी १०० मिटर तल नदीको खोँचबाट युवकलाई अर्धचेत अवस्थामा उद्दार गरिएको थियो।