४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:47 pm
समाचार

उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

सूचना प्रेस २०८२ जेष्ठ ४ आइतबार ००:००, १६:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन पेस गरेको हो ।

विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । यसअघि गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो ।

दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो । असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो ।