काठमाडौं । काठमाडौं महानगरपालिकाका तीनजना वडाध्यक्षले मेयर बालेन साहले दिएको जिम्मेवारी अस्वीकार गरेका छन् ।
बालेनले सुशासन समितिको संयोजक वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिमा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोद राजभण्डारीलाई तोकेका थिए ।

तर तीनैजना वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन् ।
विधायन समितिकी संयोजक तोकिएकी १६ नम्बर वडाकी अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन् ।