१२ कार्तिक २०८३, बिहिबार 2:20 am
Uncategorized

पुराना हराउँदै, नयाँ चम्किँदै

कास्की, जेठ ५ गते । विसं २०५२ मा निर्माण भएको पहिलो गुरुङ फिल्म ‘पाते’ की नायिका अनु गुरुङ र विनीता गुरुङ अहिले यो क्षेत्रमा हुनुहुन्न । उहाँहरूको अभिनय राम्रो नभएर होइन, पारिवारिक कारणले चिलचित्र उद्योगबाट अलग हुनुहुन्छ । झन्डै २७ वर्ष इतिहास बोकेको गुरुङ चलचित्रमा मुख्य अभिनय गर्ने महिला कलाकारको यात्रा किन लामो समयसम्म चल्न सक्दैन ? निर्देशक माओत्से गुरुङ भन्नुहुन्छ, “पहिलो कुरा विवाह नै हो । विवाह गरेपछि चलचित्रबाट अलग भएको पाइएको छ । यो अवस्था गुरुङ मात्र होइन, मूलधारका चलचित्रमा पनि यस्तै छ ।”

चलचित्र क्षेत्रमा टाढिएका नायिकामा शुक्ला गुरुङ, शोभा गुरुङ, पार्वती गुरुङ, तारा गुरुङ, कल्पना गुरुङ, सुनिता गुरुङ, सोनाली गुरुङ, लक्ष्मी गुरुङ, विनीता गुरुङ, कमला गुरुङ, मीना गुरुङ, मिरा गुरुङ, शान्ती गुरुङ, अनिता गुरुङ, नवीना गुरुङलगायत हुनुहुन्छ । 

कतिपय महिला कलाकारले यसैमा भविष्य कोरे पनि केही चलचित्रमा अनुहार देखाएर हराउने गरेका छन् । चलचित्रबाट मनग्गे आम्दानी गर्न नसक्दा विकल्पका रूपमा यो क्षेत्रबाट पलायन हुने गरेको गुरुङ बताउनुहुन्छ । “यहाँबाट थुप्रै गुरुङ चलचित्र बन्छन् तर पेसा नै बनाएर लाग्नेको कमी छ । जति पनि महिला कलाकार आएका छन् । उनीहरूको मनोविज्ञान बुझ्दा नाम, दाम र क्यारियर बनाउँछु भनेर आएको पाइँदैन्,” माओत्से भन्नुहुन्छ, “केही सिक्नका लागि आएर हराउने व्रmम छ । पहिला वर्षमा नगण्य गुरुङ भाषाका चलचित्र बन्थे । अहिले थुप्रै बन्छन् । राम्रो गर्न सक्नेका लागि करियर पनि राम्रो बन्छ ।” कतिपय कलाकार उमेरका कारणले पनि पलायन हुने गरेको उहाँको भनाइ छ । 

“केही कलाकारको अभिनयले गर्दा उनीहरू चलचित्रकर्मीको रोजाइमा पर्न थालेका छन् । उनीहरूलाई खोजी खोजी अभिनय गराइन्छ, उहाँले भन्नुभयो । केही नायिका भने यही क्षेत्रमा निरन्तर लागिरहनुभएको छ । जस्तै ः जसु गुरुङ, रजनी गुरुङ, अनुता गुरुङ, निस्ता गुरुङ, सविना गुरुङ, धनमाया गुरुङ, अस्मी गुरुङ, रन्जिता गुरुङ, रिस्मा गुरुङ, सिपोरा गुरुङलगायत । 

केही कलाकारले गुरुङ चलचित्रलाई भ¥याङ बनाएर मूलधारको फिल्ममा फड्को मारेका पनि छन् । रजनी गुरुङले ‘टलक जङ्ग भर्सेज टुल्के’ मा अभिनय गर्नुभयो । रिस्मा गुरुङले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘झुम्की’ मा काम गर्ने अवसर पाउनुभयो । ‘घलेक’ बाट राष्ट्रिय भलिबल खेलाडीसमेत रहनुभएकी नायिका 

सिपोरा गुरुङले ‘याम्फावती दी प्रिन्सेस’ र ‘भुइँ मान्छे’ मा अवसर पाउनुभयो । गाउँ तथा पर्यटनसम्बन्धी गीतको म्युजिक भिडियोमा मोडलका रूपमा काम गर्ने नायिकासमेत छन् । यसमा रजनी, अनुता, रसिला, इन्दु, उर्मिला, सविना, झरना र वर्षा बढी व्यस्त देखिनुहुन्छ । केही प्रतिभावान् कलाकार अविभावकले स्वीकृत नदिँदा आफ्नो प्रतिभा देखाउनबाट वञ्चितसमेत हुने गरेको माओत्से गुरुङ बताउनुहुन्छ । 

जसु गुरुङलाई साहित्यले प्रभाव पारेसँगै चलचित्र क्षेत्रमा आएको बताउनुहुन्छ । उहाँ डान्सरबाट कोरियोग्राफर, निर्देशन हुदै यसै क्षेत्रसँग सम्बन्धित व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँको पहिलो गुरुङ फिल्म ‘टोरा’ हो । गुरुङ चलचित्रको मुख्य बजार कास्की जिल्ला रहेको छ । पछिल्ला समयमा भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँमा समेत गुरुङ चलचित्रको प्रदर्शन भएका छन् । यसबाहेक हङकङ, जापान, दक्षिण कोरिया कोरिया, संयुक्त अधिराज्य, खाडी मुलुकमा पनि प्रदर्शन हुने गरेको छ । साभार गोप