काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । पौडेलको गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन पेस भएको हो ।

राष्ट्र बैंकको गर्भनर हुनका लागि पौडेलको योग्यता नभएको र नियुक्ति बदर माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन पेस भएको हो । अधिवक्ताहरू विशाल थापा लगायतले शुक्रबार रिट पेस गरेका हुन् । यद्यपि रिट दर्ता भने भएको छैन । उक्त रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि गभर्नर बनाउने चर्चाबीच पनि पौडेलविरूद्ध रिट दायर भएको थियो ।तर उक्त रिट सर्वोच्च अदालत प्रशासनले जेठ २ गते दरपीठ गरिदिएको थियो ।


