काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।
नेता सिटौलाले स्व. रेग्मीले कांग्रेस पार्टी निर्माणमा पारेको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।


