२ जेष्ठ २०८३, शनिबार 1778910346
खेलकुद

आरसीबी ९ वर्षपछि आईपीएलको फाइनलमा

काठमाडौं, १६ जेठ । रोयल च्यालेन्जर बंगलोरु (आरसीबी)नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसीबी फाइनलमा प्रवेश गरेको हो ।

पञ्जाबले दिएको १०२ रनको सामान्य लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसैबीच, पञ्जाबसँग फाइनल पुग्ने अझै एक मौका छ । आज एलिमिनेटरमा गुजरात र मुम्बई आमनेसामने हुनेछन् । हार्ने टोली बाहिरिनेछ भने विजेता टोलीले पञ्जाबको सामना गर्नेछ । खेल नयाँ चण्डीगढ रंगशालामा साँझ ७ः३० बजे सुरु हुनेछ ।