काठमाडौं । एनएमबि बैंक लि. र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष
छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड ( डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मकोआकर्षक छुट पाउनेछन्।
यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइट बाट प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।


