२४ असार २०८३, बुधबार 1783504310
Banner

कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्र विरोधका कार्यक्रम गर्न रोक

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य  क्षेत्रमा  धर्ना जुलुस, विरोधका लगायतका कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सिडियो ऋषिराम तिवारीले जारी गरेको आदेशमा भनिएको छ।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा
(३क) बमोजिम मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी राजधानी काठमाडौँको सिफल चौर क्षेत्र,कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र  बल्खु क्षेत्र बाहेका क्षेत्रमा बढीमा २ महिनासम्मका लागि विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।