३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:51 am
अर्थ

बजेटपछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार

सूचना प्रेस २०८२ जेष्ठ १९ सोमबार ००:००, १५:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ । बजेटपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.७७ अंकले वृद्धि भएर २ हजार ६९५.८४को बिन्दुमा पुगेको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटपछि पहिलो पटक सेयर बजार कारोबार भएको हो । यस दिन २ करोड २० लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २२ करोड हाराहारीमा कारोबार भएको छ ।

यस्तै ओम मेगाश्री र प्युर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढी सेयर कारोबार ङ्यादी ग्रुपको भयो । यस्तै उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चर एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्सको सेयर ऋणत्मक भयो ।