काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
यो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ । यस शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो । जितसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्याण्ड २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।
आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।


