१३ जेष्ठ २०८३, बुधबार 1779885193
Banner

संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने

काठमाडौं, २८ जेठ । संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने भएको छ ।

संवैधानिक इजलासका न्यायाधीशहरुबीच मत बाझिएपछि आज फैसला नसुनाएर निसु तोकिएको हो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ पदाधिकारी नियुक्तिविरूद्व मुद्दा दायर भएको थियो ।