२७ भदौ २०८३, शनिबार 1789222739
कला/साहित्य

कलाकार हरिवंश आचार्य र राजेश हमालले मतदान गरे

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखि स्थानीय निर्वाचन २०७९ को मतदान शुरु भएको छ। कलाकारले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। जसमा केही कलाकारले पहिलो पटक मतदान गर्दैछन्।

महानायक राजेश हमालले काठमाडौंको लैनचौरमा मतदान गरेका छन्। मतपत्रको राम्रोसँग अध्ययन गरेर मात्रै मताधिकारको प्रयोग गरेको बताउने उनले आफ्नो प्रतिनिधि चुन्ने काम भएकाले निर्वाचन सबैका लागि निकै महत्त्वपूर्ण रहेको पनि जनाए।

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि काठमाडौं बुढानिलकण्ठबाट मतदान गरेका छन्। जनताले आफ्नो प्रतिनिधि चयन गर्ने क्रममा धेरै कुरामा ध्यान दिनुपर्ने र योग्य उम्मेदवारलाई भोट हाल्नुपर्ने उनले जनाए।