काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । तेस्रो स्थापना दिवसका अवसरमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक हटाएर महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वापले आज स्थापनाको तेस्रो वर्ष मनाउँदै छ ।