१ जेष्ठ २०८३, शुक्रबार 1778887718
Banner

मनाङको चामेमा मत गणना सुरू, अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता

लमजुङ — मनाङको चामे गाउँपालिकामा मत गणना सुरु भएको छ  । प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

कूल ५ वटा वडामाध्ये २ वटा वडाको मतगणना भइसक्दा एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत ल्याएकी छन् ।

त्यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याएकी छन् ।