४ आश्विन २०८१, शुक्रबार 1726846587
Banner

डोकोबाटै भोट दिएर अस्ताए खड्का

काठमाडौं । जुनिचाँदे गाउँपालिका–४ का ७४ वर्षीय सार्के खड्काको भोट दिएको पाँच मिनेटमै मृत्यु भएको छ । डोकोमा आएर मतदान गरेका खड्काले छोरोलाई भोट दिने इच्छा पूरा गरेर अस्ताएका छन् ।

उनका छोरा भीमबहादुर खड्का जुनिचाँदे–४ बाट वडाध्यक्षका उम्मेदवार थिए । उनको अन्तिम इच्छा छोरा र अन्य उम्मेदवारलाई भोट हाल्ने रहेको नाति रेशम खड्काले बताए ।