१७ बैशाख २०८३, बिहिबार 1777588290
राजनीति

विशेष अदालतमा माधव नेपालको बयान सकियो

काठमाडौँ : पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ ।

न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएको हो । ‘टी ब्रेक’अघि बयान सकिएको र अब केहीबेरमा थुनछेक बहस हुने  एक अधिवक्ताले बताए ।

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी,खम्मबहादुर खातीलगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् । तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ ।