२७ भदौ २०८३, शनिबार 1789276575
समाचार

विद्युत् करेन्ट लागेर बालकको मृत्यु

सिराहा  – सिराहाको गोल बजार–१२ बेतौनामा करिब ७ वर्षीय बालकको खेतमा करेन्ट लागेर मृत्यु भएको छ। राम करण महतोका छोरा भल कुमार करण आफ्ना अभिभावकसँग खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको नजिक खेल्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो।

शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान लगिएको छ।

गत सोमबार पनि गोल बजार–१३ दुर्गापुरमा ६२ वर्षीय एक व्यक्तिको खेतमै करेन्ट लागेर मृत्यु भएको थियो।