१७ बैशाख २०८३, बिहिबार 1777584121
Banner

चार प्रदेशमा धेरै बर्षा हुने सम्भावना

काठमाडौं । गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य वर्षा भएको छ । पछिल्लो तीन घण्टामा दोलखामा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज सबै प्रदेशमा पानी पर्ने सम्भावना छ । केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो कर्णाली तथा राति कोशी, बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

कोशीको तराई भू–भागका तथा मधेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।