१७ बैशाख २०८३, बिहिबार 1777580193
Banner

बागमती प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल

काठमाडौं, १२ असार । बागमती प्रदेश सभा बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालय हेटौंडाले जनाएको छ ।

बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् ।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ ।