१७ बैशाख २०८३, बिहिबार 1777579774
Banner

रास्वपा संसदीय दलको बैठक बस्र्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । 

बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । 

सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।