४ आश्विन २०८१, शुक्रबार 1726863498
Banner

काठमाडौं र भरतपुरसहित ६ वटै महानगरको मतगणना प्रारम्भ हुँदै  

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आजबाट मतगणना हुँदैछ ।

चासोका साथ हेरिएका  ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । 

काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ८ बजेबाट नै प्रारम्भ गर्ने सर्वदलीय सहमति जुटेको छ । उता, विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदैछ ।

त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको  छ । ललितपुर महानगरपालिकाको मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।