४ आश्विन २०८१, शुक्रबार 1726849219
Banner

इलाम देउमाईको मतगणनास्थलमा तनाव

इलाम — इलामको देउमाई नगरपालिकामा सत्ता गठबन्धनका प्रतिनिधिहरूले मतगणना प्रक्रियामा विरोध जनाएपछि मतगणना स्थगित गरिएको छ । गठबन्धन पक्षधरले गणनास्थलमा चर्को नाराबाजी गरिरहेका छन् ।गणनाका क्रममा एक कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै गठबन्धन पक्षधरले विरोध जनाएका हुन् । उनीहरूले पुन: मतदान गराउनु पर्ने माग गरेका छन् ।करिब १ घण्टादेखि गणनास्थल तनाबग्रस्त अवस्थामा रहेको स्थानीय टीका खतिवडाले बताए । गए रातिदेखि नगरपालिकाको वडा नं। १ देखि

गणना सुरु गरिएको थियो ।

४ सय मत गणना गरिसक्दा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले १ सय ५३ मत ल्याएका थिए भने एमालेका सूर्य पोख्रेलले १ सय ६३ मत प्राप्त गरेका थिए।

२५ हजार ८ सय ५८ मतदाता रहेको यो नगरपालिकामा १८ हजार २ सय ३५ मत खसेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा पोख्रेलले दुलाललाई नै पराजित गरेका थिए । जिल्लाका बाँकी ९ पालिकामा मतगणना भइरहेको छ ।