४ आश्विन २०८१, शुक्रबार 1726852860
पालिका

विराटनगरमा गठबन्धनका उपमेयर अमरेन्द्र पछि परे

विराटनगर महानगरपालिकामा गठबन्धनका उपमेयर उम्मेदवार अमरेन्द्र यादव सुरूमै पछि परेका छन्।

नेपाली कांग्रेसको पकड क्षेत्र मानिने यो महानगरमा जसपाको पनि दरिलो उपस्थिति छ।

यी दुवै दलका अलावा महानगरपालिकामा अन्य सत्ता घटक पनि गठबन्धनमा सहभागी छन्। यसका बावजुद जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उपमेयरको सुरुवाती मतगणनामा पछि परेका छन्।

यादवले छोरालाई टिकट दिएको भन्दै जसपामा ठूलो असन्तोष थियो।

उपमेयर पदमा एमाले उम्मेदवार शिल्पा कार्कीले २३६ र जसपा उम्मेदवार अमरेन्द्र यादवले १५२ मत पाएका छन्।

विराटनगरको ७०० मत गणना हुँदा मेयरमा कांग्रेस उम्मेदवार नागेश काेइरालाले २६९ मत पाउँदा एमाले उम्मेदवार सागर थापाले १८१ र जसपा त्यागेर स्वतन्त्र उम्मेदवार बनेका उमेश यादवले ७० मत पाएका छन्।