२७ भदौ २०८३, शनिबार 1789270473
Banner

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर : भोजपुरको रामप्रसादराई गाँउपालिक–२ को धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ।

भोजपुर नगरपालिका–२ हेलौछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा वेलबहादुर गिरी, सासू मञ्जु गिरी, मनिषा गिरी, सपन गिरी रहेको उनको भनाइ छ। प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीले जनाएको छ ।