१६ जेष्ठ २०८३, शनिबार 1780183001
समाचार

करेण्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ : झापाको बुद्धशान्ति गाउँपालिका-३, सयपत्री टोलमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ। ३९ वर्षीय रोशन जिमीको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ ७ बजे घर नजिकै रहेको खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा जिमीलाई करेण्ट लागेको थियो । 

स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको खड्काले जानकारी दिए। 

घटनाबारेअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।