१७ बैशाख २०८३, बिहिबार 1777547383
Banner

बाढी र पहिरोले प्रमुख दश राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं ।  बाढीपहिरोका कारण देशका दशवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

बाढी र पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् । रासस