काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् ।
आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा आज भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने बताउँदै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताए ।
नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र त्यसले नीति निर्माताहरू मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए । लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।


