४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 5:48 pm
समाचार

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

सूचना प्रेस २०८२ असार २६ बिहिबार ००:००, ११:१० बजे १ मिनेट पढाइ

तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए। आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन् ।