काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए ।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।


