४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:23 am
समाज

बसको ठक्करबाट महिलाको मृत्यु

सूचना प्रेस २०८२ असार २६ बिहिबार ००:००, १७:४४ बजे १ मिनेट पढाइ

दोधारा चाँदनी (कञ्चनपुर), २६ असार । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षिया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

बसको ठक्करबाट घाइते भएका उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो । बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो ।