४ आश्विन २०८१, शुक्रबार 1726852874
पालिका

भरतपुरमा विजयले रेणुसँग बराबरी गरे मतान्तर

चितवन- स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार विजयी सुवेदीको बराबर मत आएको छ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन्।

चार सय गणना गर्दा रेणु र बिजयले समान १५०र१५० मत पाएका छन्। यसअघि रेणुले अग्रता लिएकोमा एमालेका विजयले बराबरी गरेका हुन्।

उपमेयरतर्फ कांग्रेसबाट गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीले १८१ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवार हिमला गुरुङले १०६ मत प्राप्त गरेकी छन्।