४ आश्विन २०८१, शुक्रबार 1726852579
पालिका

कांग्रेस महामन्त्री शर्माको नगरमा एमालेको अग्रता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा एमालेले अग्रता कायम गरेको छ ।

अहिले नगरको मतगणना जारी छ । वडा नम्बर १ को २२८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार गोपाल बुढाथोकीले ९७ मत पाएका छन् । कांग्रेसका इन्द्र बुढाथोकीले ८८ मत पाएका छन् ।

यता, उपप्रमुखतर्फ भने एमाले उमेदवार मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा माओवादीका प्रकाश भण्डारीले ४८ मत प्राप्त गरेका छन् ।