२३ भदौ २०८३, मंगलबार 1788863342
Banner

माली भेगमा हामी ६ महिना नुहाउँथेनौँ, अहिले दिनहुँ नुहाउँछौँ : सांसद शेर्पा

काठमाडौँ : राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा केही नभएको भनेर भ्रम फैलाउने गरिएको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा उनले देशमा केही नभएको भनेर भ्रम फैलाइएको प्रति आपत्ति जनाएका हुन्। ‘अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ। केही भएन, केही भएन भन्ने छ। भएको चाहीँ के छ त? केही भएकै छैन त? धेरै भएको छैन र? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरुले एक वर्ष नुहाउँदैन थियो,’ उनले भने, ‘६ महिना नुहाउँदैन थियो। इमान्दारिताका साथ भन्नुपर्छ।

तर आज इकोनोमि राम्रो भएको छ। हाम्रै जातका मान्छेहरू हिमाली क्षेत्रमै बसेर, जहाँ माइनस १९ डिग्री तापक्रम हुन्छ त्यहाँ दिनको एक पटक नुहाउने स्थिथि छ। यो प्रगति होइन त? हिजो हामी नुहाउँदै नुहाउँदैन थियौँ, एक वर्षसम्म।’ उनले हिमाली क्षेत्रका मान्छेहरूको आर्थिक अवस्था पनि सुधारिएको बताए। ‘चिसो हुन्थ्यो के हुन्थ्यो, एक वर्षमा नुहाउन पनि गाह्रो गाह्रो हुन्थ्यो। मैले नै भोगेको कुरा हो। तर आज हामी हिमाली क्षत्रेमा बसे पनि प्रत्येक दिन नुहाउँछौँ। एटेज बाथरुम छ। इकोनोमि राम्रो छ,’ उनले भने, ‘विदेश पलायन नेपालको मात्रै समस्या होइन, सबैको समस्या हो।’